आधा जीवनमा पत्रकार राधिकाको दमदार अभिनय (भिडियो सहित)

काठमाडौँ,

इन्दिरा इन्टरनेन्मेन्टको प्रस्तुति रहेको गित आधा जीवनमा पत्रकार राधिका अधिकारीले दमदार अभिनय गरेकी छिन् ।

दशैंको सन्दर्भ पारेर सार्वजनिक गरिएको गितमा विदेशिएकाहरु चार्डपर्वमा नहुँदा घरमा हुने खल्लोपन तथा आर्थिक समस्याले विदेश गएर आधा जीवन उतै बिताउन बाध्य बहुसंख्यक नेपाली युवायुवतीहरुको कथा समेट्ने प्रयास गरिएको छ ।

गितमा भक्त विश्वासको स्वर रहेको छ भने लय दिनेश खरेलको रहेको छ । यसमा संजय पाण्डेले संगित दिएका छन् । गितको म्युजिक भिडियोमा पत्रकार राधिका अधिकारी, दिनेश खरेल ,  चन्दा बिडारी, ईश्वर खड्का तथा सिम्रन विष्ट लगायतले अभिनय गरेका छन् । इन्दिरा भट्टराईको निर्देशन रहेको गितमा आर्यन बिमलीले क्यामेरामा साथ दिएका छन् ।

निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । हेरौं गितको म्युजिक भिडियो :