युवती मृत्यु प्रकरण: प्रशासनकाे निषेधाज्ञाबीच विद्यार्थी र स्थानीयकाे प्रदर्शन

युवती मृत्यु प्रकरण: प्रशासनकाे निषेधाज्ञाबीच विद्यार्थी र स्थानीयकाे प्रदर्शन


एक किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त बनेको छ ।

बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय र विद्यार्थी शुक्रबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । सााइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै मृत्यु भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए । 

स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि स्थानीय र विद्यार्थीले प्रदर्शनलाई जारी राखेका हुन् । मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको दिनुपर्ने माग राखेका छन् । 
 

Logo