हृदयेश त्रिपाठीको पार्टीलाई समानुपातिकमा १८ हजार ४८ मत

हृदयेश त्रिपाठीको पार्टीलाई समानुपातिकमा १८ हजार ४८ मत


हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फ १८ हजार ४८ मत पाएको छ । 

मधेश केन्द्रीत राजनीतिमा सक्रिय त्रिपाठी यस पटकको निर्वाचनमा पराजित भएका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१  बाट उम्मेदवार रहेका उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भएका हुन् । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाएका थिए । 

त्रिपाठी गत निर्वाचनमा भने विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका त्रिपाठी जितपछि मन्त्रीसमेत भएका थिए । 

Skip This
Logo