भीम रावललाई बालेनको जवाफः ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’

भीम रावललाई बालेनको जवाफः ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे खुलाएका छन् । 

शुक्रबार दिउँसो नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजदूत थम्पसनसँग भेट्दा  परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा चासो व्यक्त गरेपछि मेयर बालेनले अनुमति लिएर नै भेट भएको बताएका हुन् । ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । 

साथै उनले नेता रावलमाथि ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’ भन्दै कटाक्ष पनि गरेका छन् । 

‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ उनले भनेका छन् । 

Skip This
Logo