स्याङ्जा-२ मा घनराज निरन्तर अगाडि, पछ्याउँदै पद्मा

स्याङ्जा-२ मा घनराज निरन्तर अगाडि, पछ्याउँदै पद्मा


स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् । पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।

Logo