पसिनाको कमाइ सार्वजनिक, कामेश्वर चौरसियाको कमब्याक

काठमाडौं । गौरव दर्पणको ‘पसिनाको कमाइ’ सार्वजनिक भएको छ । शब्द तथा संगीत समेत दर्पणकै रहेको पसिनाको कमाइमा कामेश्वर चौरसियाको अभिनय रहेको छ ।

लक्ष्मी बर्देवाको निर्देशनमा रहेको उक्त गीतमा कामेश्वरले कमब्याक गरेका हुन् । लामो समयदेखि चुपचाप बसेका कलाकार कामेश्वर पसिनाको कमाइ मार्फत फेरि कलाकारितामा जमेका हुन् ।

फणिन्द्र राईको संगीत संयोजन रहेको पर्पल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई शरण छिनामले रेकर्ड गरेका हुन् भने सुमन खड्काले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

उक्त गीतको भिडियोको पाटोमा भने लक्ष्मी बर्देवाले निर्देशन गरेकी छिन् । लक्ष्मी बर्देवा र काकेश्वार चौरसियाको मुख्य भूमिका रहेको उक्त म्युजिक भिडियोमा सुदिप कार्की र प्रशंग गौतमले पनि अभिनयमा साथ दिएका छन् ।

बुद्ध थापाले खिचिको भिडियोलाई सुनिल विश्वकर्माले सम्पादन गरेका छन् । पसिनाको कमाइ समग्रमा विदेशमा बसेर दुःख र पीडा सहेर रेशमा रेमिट्यान्स भित्र्याउने नेपालीहरुको परिदृष्यको हो ।