धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो

धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो


सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने भएको टिप्पणी गरेका छन् ।

स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेका गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले आरोप लगाएका छन् । गुरुङको जित सुनिश्चित भएपछि उपमहासचिव पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै पापको फल अवश्य मिल्ने भएकाले गठबन्धनको सहयात्रीको नाताले पाप कटाउन सुझाव दिएको बताएका छन् ।

पौडेलले भनेका छन्- धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु १ यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्‍यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।

पौडेल सत्ता गठबन्धनको सुरुआती कार्यदलको सदस्य समेत रहेर काम गरेका नेता हुन् । उनले गुरुङले खुलस्त आत्मालोचना नगरे गुण्डागर्दी मात्र बाँकी रहने बताएका छन् ।

Logo