#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20153983736177642374312994063
नेपाल2331079673816493

नायक हमाललाई साधना कला केन्द्रले एक लाख पुरस्कार सहित सम्मान गर्ने

काठमाडौं,

नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसक्नु भएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरे बापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

केन्द्रले असोज १२ गते (आज) ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो । सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् । भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु