ब्राजिलका गाब्रियल जेसुस र एलेक्स टेलले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने

ब्राजिलका गाब्रियल जेसुस र एलेक्स टेलले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने


कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो । 

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो । ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ । 

यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो । उनले समूह चरणका दुई खेल गुमाएका थिए । यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन् । 
 

Logo