एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका


एमालेका नेता तथा काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला हो । घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्ताे वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिए ।

Logo