यी हुन् कतार विश्वकपमा ‘गोल्डेन बुट’का दावेदार [भिडियोसहित]

यी हुन् कतार विश्वकपमा ‘गोल्डेन बुट’का दावेदार [भिडियोसहित]


फिफा विश्वकपको २२औं संस्करण कतारमा जारी छ । प्रतियोगिताको समूहचरण सकिँदासम्म निकै अप्रत्यासित नतिजाहरु देखिएका छन् । दाबेदार मानिएका जर्मनी र बेल्जियम समूहचरणबाटै घर फर्किदा जारी संस्करणमा ३ एसियाली राष्ट्रहरु पहिलो पटक नकआउट चरण पुगेका छन् ।

शनिवार बेलुकी सुरु भएको नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले र नेदरल्याण्डले अमेरिकालाई ३–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । गएराति अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोलले हराउँदा उसको क्याप्टेन तथा मुख्य खेलाडी लियोनल मेस्सीले १ महत्वपूर्ण गोल गर्दै अर्जेन्टिनालाई जिताएका थिए । सोही एक गोलका कारण उनी जारी प्रतियोगितामा ३ गोल गर्ने छैठौँ खेलाडी बनेका छन् । सो गोलसँगै जारी प्रतियोगितामा मेस्सी पनि गोल्डेन बुटको दौडमा उभिइसकेका छन् । 

समूह चरणका खेल सकिँदासम्म अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका किलियान एम्बाप्पे, नेदरल्याडका कोडी गाक्पो, स्पेनका अल्भारो मोराटा, इङ्ल्याण्डका मार्कस रासफोर्ड र बाहिरिसकेको इरानी खेलाडी इनर भ्यालेन्सिया तीन गोलसहित गोल्डेन बुटका लागि मैदानमा लडिरहेका छन् ।यसअघिको विश्वकपमा धेरै गोल गर्ने खेलाडीमध्येका जर्मनीका थोमस मुलर यसपटक भने गोलविहीन रहँदै समूहचरणबाटै बाहिरिएका छन् । मुलरले यसअघिका संस्करणमा १० गोल गरिसकेका छन् । अन्य खेलाडीहरुले भने खेल्न बाँकी नै छ ।

जारी प्रतियोगितामा धेरै गोलकर्ता खेलाडीको सूची यस्तो छः
१. लियोनल मेसी (अर्जेन्टिना) ३ गोल
२. केलियन एम्बाप्पे (फ्रान्स) ३ गोल
३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल
४. अल्भारो मोराटा (स्पेन) ३ गोल
५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल
६. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल
७. मेहेदी तारेमी (इरान) २ गोल
८. ओलिभर जिरुड (फ्रान्स) २ गोल
९. रिचार्लिसन (ब्राजिल) २ गोल
१०.फेरान टोरेस (स्पेन) २ गोल

यसबाहेक अन्य १३ खेलाडीले पनि दुई–दुई गोल गरेका छन् ।

Logo