१६५ क्षेत्रकै नतिजा सार्वजनिक, माओवादीले दोलखासहित १८ सिट जित्यो

१६५ क्षेत्रकै नतिजा सार्वजनिक, माओवादीले दोलखासहित १८ सिट जित्यो


दोलखामा जित निकालेसंगै नेकपा (माओवादी केन्द्र)ले १८ क्षेत्रमा जित हासिल गरेर तेस्रो पार्टी बनेको छ ।

१५ गते पुनः मतदान भएको दोलखामा आज मतगणना सम्पन्न भएको छ । जसमा नेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । योसँगै प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । 

यस्तै दोस्रोमा नेकपा (एमाले)ले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ । नेकपा (एकीकृत समाजवादी)ले भने १० सिट जितेर चौथो दल बनेको छ । यद्यपी समानुपातिकतर्फको मतगणना नसकिएकाले पार्टीको बरियता अहिलेको भन्दा केहि तलमाथि हुनेछ । यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्रमा जित हासिल गरेका छन् । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक निर्वाचन क्षेत्रमा जित हासिल गर्दा स्वतन्त्र ५ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । ७ वटै प्रदेशका ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा ९एमाले०ले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ ।

नेकपा (माओवादी केन्द्र०ले भने ५३ स्थानमा मात्रै जित हासिल गरेर तेस्रो बनेको छ । नेकपा ९एकीकृत समाजवादी०ले भने १५ वटा निर्वाचन क्षेत्रमा मात्रै जित हासिल गरेको छ । यस्तै जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।

Logo