भारतले पहिलो पटक जित्यो साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि

साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनलमा साविक उपविजेता बंगलादेशलाई दुई एकले हराउँदै भारतले पहिलो पटक उपाधि उचालेको हो ।

हलचोकस्थित सशस्त्र प्रहारी बलको मैदानमा भएको खेलको पहिलो हाफमा निकै तनावपुर्ण रह्यो । नेपाली रेफ्रिले पहिलो हाफमा तीन वटा रातोकार्ड दिए । जसमा बंगलादेशका दुई र भारतका एक खेलाडीलाई उनले रातोकार्ड देखाए । खेलको दोस्रो मिनेटमा नै बिक्रमको गोलमा भारतले अग्रता बनायो । एक गोलले पछि परेको अवस्थामा २३ औं मिनेटमा दुबै टिमका खेलाडी विच अभद्र ब्यवहार भएपछि भारतका गुरकिरत र बंगलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाए । जसका कारण दुबै टिम १० खेलाडीमा झर्न पुगे ।

तर, ४० औं मिनेटमा बंगलादेशले खेल बराबरी गर्न सफल भयो । उसका लागि यासिनले नै गोल गरे । तर उनले गोलको खुसी अनुशासन विपरित गरेको भन्दै रेफ्रिले दोहोरो पहेलो कार्ड देखाए । जसका कारण बंगलादेश नौ खेलाडीमा झर्न पुग्यो । रेफ्रिको निर्णयमा आपत्ति जनाएका बंगलादेशका खेलाडीले केहिबेर खेल रोकेका थिए । यासिन मैदानबाट बाहिरीन नमानेपछि खेल रोकिएको थियो ।

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा भारतले एकगोल गरेर विजयी बन्यो।

भारतले पहिलो पटक जित्यो साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि