नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ? (७७ जिल्लाको सूचिसहित)

नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ? (७७ जिल्लाको सूचिसहित)


काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणले पछिल्लो समय नेपालमा पनि जटिल रुप लिएको छ । जनवरी २३ अर्थात गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो । दैनिक रुपमा विश्वमा लाखौंको संख्यामा संक्रमित थपिरहेको अवस्थामा नेपालमा पनि दैनिक तीन सय भन्दा बढि संक्रमित थपिएका छन भने मृत्युको संख्या पनि बढ्दै गएको छ ।

यो सामाग्री तयार पार्दासम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ३१० जना पुगेको छ । तीमध्ये १६ हजार ४ सय ९३ जना निको भएर घर फर्किएका छन् । भाइरसको संक्रमणबाट नेपालमा पनि ८० जनाको ज्यान गइसकेको छ ।

पछिल्लो समय उपत्यकामा पनि संक्रमितहरु ह्वात्तै बढिरहेको अवस्था छ । मुलुकका तराई क्षेत्रहरु बढी प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ७७ जिल्लामा संक्रमितहरुको संख्या यस्तो छ ।

कुन जिल्लामा कति संक्रमित ?

ताप्लेजुङमा १५ जना, पाचँथरमा ८ , इलाम ८०, तेह्रथुम ८, झापा ३९७, मोरङ ५९३, सुनसरी २०२, धनकुटा १६, संखुवासभा ६, भोजपुर ८, खोटाङ १७, उदयपुर ९७, ओखलढुङगा २३, रामेछाप ४८, दोलखा १५, सप्तरी ५७५, सिरहा २६९, धनुषा ८८५, महोत्तरी ९४३, सिन्धुली ३१, दोलखा १५, सोलुखुम्बु ८, सिन्धुपाल्चोक ७३, काभ्रेपलाञ्चोक ४३, सर्लाही ८९१, रौतहट १५७३, बारा २८७, पर्सा १,११२, मकवानपुर ८२, ललितपुर १४३, काठमाडौं ९४८, भक्तपुर ८९, नुवाकोट ५७, रसुवा १२, धादिङ १५४, गोरखा १३९, लमजुङ ११८, तनहुँ १८९, चितवन १३७ रहेका छन् । यस्तै पूर्व नवलपरासीमा ३६१, पश्चिम नवलपरासी १२८, कास्की १७८, स्याङ्जा ३०६, पाल्पा ३७०, पर्वत १०४, रुपन्देही ३७६, कपिलवस्तु ८७९, अर्घाखाँची ३४६, गुल्मी ३७९, बागलुङ २६४, म्याग्दी ५१, मनाङ १, मुस्ताङ १, डोल्पा ५, रुकुम पूर्व १२, रुकुम पश्चिम ४२, प्यूठान ३५८, दाङ ७११, रोल्पा ७४, सल्यान २७७, बाँके ६३१, बर्दिया २७०, सुर्खेत ५९९, दैलेख ९८६, जाजरकोट २८, जुम्ला ५४, कालिकोट ८०, मुगु १२, हुम्ला ४, बाजुरा ६२२, बझाङ २९६, कैलाली १,२७८, अछाम ७३०, डोटी ७९२, कञ्चनपुर ५७५, डडेलधुरा ३१२, बैतडी २९८, दार्चुला ३९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार, नेपालमा युवावर्गहरु धेरै संक्रमित भएका छन् । संक्रमण महिलामा भन्दा पुरुषमा धेरै देखिएको छ । नेपालमा ८४.१ प्रतिशत पुरुषहरु संक्रमित भएका छन् भने महिलाहरु जम्मा १५.९ प्रतिशत मात्र संक्रमित भएका छन् ।

संक्रमितहरु मध्ये उमेर समूहका कति ?

० देखि १० वर्ष उमेर समुहका पुरुष ५५९ जना, माहिला ३६० जना गरी जम्मा ९१९ जना संक्रमित भएका छन् । त्यस्तै क्रमश ः ११ देखि २० वर्षका पुरुष २९८५ जना, महिला ४०६ जना गरी जम्मा ३३९१ जना, २१ देखि ३० वर्ष सम्मका पुरुष ७६८६ जना, महिला १४२१ गरी जम्मा ९१०७ जना, ३१ देखि ४० सम्मका पुरुष ४७९४, महिला ७८६ जना गरी जम्मा ५५८० जना संक्रमित छन् । यस्तै ४१ देखि ५० वर्ष सम्मका पुरुष २२४१ र महिला ३७८ गरी जम्मा २६१९ जना, ५१ देखि ६० सम्मका पुरुष ८९२ र महिला १८४ जना गरी जम्मा १०७६ जना, ६१ देखि ७० सम्मका पुरुष २६७ जना, महिला ११३ जना गरी जम्मा ३८० जना, ७१ देखि ८० सम्मका पुरुष ९६ जना, महिला ४५ जना गरी १४१ जना संक्रमित भएका छन् भने ८० वर्ष माथिका २३ जना पुरुषहरु संक्रमित भएका छन् ।

Logo