जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा


क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको नकआउट चरणको खेलमा जापानमाथि पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै साविक उपविजेता क्रोएसियाले अन्तिम आठको यात्रा तय गरेको हो । 

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल इन्ञ्युरी समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । सो समयमा गोलरक्षक डोमिनिक लुकाकोभिकको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया विजयी बन्यो । जारी विश्वकपमा इन्ञ्युरी समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको यो पहिलो खेल हो । 

पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा भने पेनाल्टीमा चुके ।

तर, जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । उनीहरुको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोके ।

त्यसअघि खेलको पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, सो अग्रता कायम रहन सकेन । ५५औैं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । 

अब क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नुपर्नेछ । सो खेल आजै राति हुँदैछ । 

Logo