ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा


ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को थ्री ह्विलर ईभीका दुई भेरिएन्ट नेपाली बजारमा लन्च भएको छ । 

ओएसएमको आधिकारिक वितरकको रुपमा एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल प्रालिले ईभीका दुई भेरिएन्ट नेपाली बजारमा ल्याएको हो । कम्पनीले कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम बिक्रीका लागि उपलब्ध गराएको औपचारिक घोषणा गरेको हो । ओएसएम रेजप्लस एक विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । त्यसैगरी ओएसएम स्ट्रिम ८.५ किलोवाट आवर पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो । 

दुवै गाडीमा भएका विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पिक टर्क जेनेरेट गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हो ।

हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६०० किलोग्राम छ भने गाडीको कुल वजन १,००० किलोग्राम छ । यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गर्छ । यति मात्र नभई, दुवै सवारी साधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

रेजप्लस र स्ट्रिमका बारेमा एमएडब्लुका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने बताए ।

ओमेगा सेक्की मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले प्रदूषण विरुद्धको सरकारको लडाईको एक हिस्सा ओएसएम बन्न चाहेको र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउने बताए । रेज प्लस र स्ट्रिममा स्वचालित ट्रान्समिसन जडान गरिएको छ जसले चालकहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । यसबाहेक, शक्तिशाली बुस्ट मोडको साथले ड्राइभरहरूले पहाडी इलाकामा समेत हावाको चालमा गाडी चलाउन पाउनेछन् ।

ओएसएमद्वारा डिजाइन, विकास र इन–हाउस निर्माण गरिएको छ ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक ९रेजप्लस० १२० किमी र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमीको यात्रा गर्दछन् ।

Logo