#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व645276138248530025793067697
नेपाल209981825266

पेस्तोल र लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी,

प्रहरीले पेस्तोल र लागुऔषध सहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

भारतबाट अवैध रुपमा हतियार र लागुऔषधसहित नेपालतर्फ आउँदै गर्दा जाँच गर्ने क्रममा उनीहरुलाई बर्जु गाउँपालिका–३ अमडुवाबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयेग गरिने म्याग्जिन तीन थान तथा विभिन्न लागुऔषध बरामद गरिएको हो ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार