अभिनेत्री पूजा र हाँस्यकलाकार पाँडेद्वारा प्रेस काउन्सिलमा उजुरी

अभिनेत्री पूजा र हाँस्यकलाकार पाँडेद्वारा प्रेस काउन्सिलमा उजुरी


अभिनेत्री पूजा शर्माले प्रेस काउन्सिलमा पनि उजुरी दिएकी छिन् ।

उनले सिने पत्रकार प्रकाश सुवेदीविरुद्ध टेलिभिजन कार्यक्रम ‘रजतपट’मा आफूलाई ‘दाह्रा निस्केकी महानायिका’ भनेर शारीरिक हाउभाउलाई लक्षित प्रस्तुत दिएर आफ्नो मानहानी गरेको भन्दै उजुरी दिएकी हुन् । यस अघि उनले चलचित्र कलाकार संघमा उजुरी दिएकी थिइन् ।

त्यस्तै हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे) ले पनि प्रेस काउन्सिलमा उजुरी दिएका छन् । केहि दिन अघि एक अनलाईनमा ‘अर्जुन’ नाम गरेका एक व्यक्तिको समाचारमा आफ्नो फोटो प्रकाशन भएको भन्दै उनले उजुरी दिएका हुन् ।  उक्त समाचार अनुसार निज व्यक्ति बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

सम्बन्धित दुवै संचारमाध्यमको नाममा २४ घण्टे स्पष्टिकरण पूर्जी जारी गरेको प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

Skip This
Logo