फौजी जागीर (भिडियो सहित)

काठमाडौं,
राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजया दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ ।

प्रभावन जेको शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जीवन बडुको स्वर रहेको छ । बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन् । प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन् ।

सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, छायाँकन/ड्रोन रोनिश तामाङ, आर्ट राजाराम गौतम, मेकअप शर्मिला सुनवार, व्यवस्थापन कृष्ण गौतम र गोकुल दंगालको रहेको छ । केहि समय अगाडि चरि मैना बजारमा ल्याएका विवेक चौलागाईको यो पाँचौ गीत हो । गीतको भिडियो तलको लिंकमा रहेको छ ।

फौजी जागीर (भिडियो सहित)