महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनुपर्छः प्रदीप पौडेल

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनुपर्छः प्रदीप पौडेल


नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन् । 

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु-याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीज्युको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको छ । काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख श्रोत हो । यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ । काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ । मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ । ७ महिना पानी फ्लो हुन्छ भन्नेछ । ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ, त्यसले यहाँको माग पूरा हुन सक्दैन ।’
 
नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाडौंमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताए ।

Logo