दैनिक कोरोना संक्रमणदर एक जनामा झर्‍यो

दैनिक कोरोना संक्रमणदर एक जनामा झर्‍यो


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जनामा मात्रै कोरोना संक्रमण देखिएको जनाएको छ । 

पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जनाएको हो । यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ७९ जना संक्रिया संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो एक दिनमा ८५ हजार आठ सय १२ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ । 

Logo