हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु


मोरङको सुन्दरहरैँचा- १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । 

हात्तीले  सुन्दरहरैँचा- १०  स्थित  त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला  आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको  मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । 

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ । पछिल्लो समय  मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आङ्तक मच्चाउने गरेको छ । 

Logo