‘फीन इलेक्ट्रो टेक- २०२२’ को तीव्र तयारी

‘फीन इलेक्ट्रो टेक- २०२२’ को तीव्र तयारी


यही मंसिर २२ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने ‘फीन इलेक्ट्रो टेक– २०२२’ को तयारी अन्तिम चरणमा छ । 

नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण ‘फीन इलेक्ट्रो टेक– २०२२’ चार दिनसम्म चल्नेछ । नेपाल विद्युत व्यवसायी महासंघले आयोजना गर्नेमेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको किनबेचसँगै यस बारेमा आवश्यक जानकारी समेत उपलव्ध गराइनेछ । 

‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ भन्ने नाराका साथ विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको हो ।
 
चार वर्षपछि हुन लागेको मेलामा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री,उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण प्रदर्शनीमा राखिने छ । साथै फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाको आकर्षण रहने छन् ।  

इलेक्ट्रोटेकमा नेपालभरका र नेपाल बाहिरका ब्राण्डहरु सहभागी हुनेछन् । इलेक्ट्रिक उत्पादन प्रयोग गर्ने इन्डस्ट्रीलाई, उपभोक्तालाई, आर्किटेक बिल्डल्र्स, होटललगायत इलेक्ट्रिकसँग सम्बन्धित सबैलाई मेलाले सहयोग गर्ने आयोजकको विश्वास छ ।त्यस्तै, नेपाल भित्रिएका नवीनतम टेक्नानोलोजीलाई एउटै छानामुनी राखेर के–कस्ता सामग्री भित्रिएका छन् भन्ने कुराको जानकारी दिनमेला आयोजना गरिएको हो ।

वर्तमान समयमा संसारको हरेक कुरा विद्युतसँग जोडिएको हुँदा यो मेलाले सबैलाई फाइदा गर्ने आयोजकहरुको तर्क छ । साथै गुणस्तरीय सामानहरुको उत्पादन तथा विक्री वितरण मार्फत उपभोक्ताहरुलाई सुविधा दिनु पनि मेला आयोजनाको उद्धेश्य रहेको छ ।

Logo