लुम्बिनीको स्थायी राजधानी दाङमा, चार पार्टीले गरे स्वागत

लुम्बिनीको स्थायी राजधानी दाङमा, चार पार्टीले गरे स्वागत


लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा राखिएकोमा सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस,  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् । 

२०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी मंसिर १९ गते सारिएको हो । ढिलै भएपनि स्थायी राजधानी सार्ने कार्यन्वयन भएकोमा सत्तारुढ दलका नेताहरुले स्वागतसहित धन्यावाद ज्ञापन गरेका हुन् ।

 

Logo