नायिकाहरुलाई भब्य सम्मान (भिडियो सहित)

काठमाडौं,

नेपाली चलचित्रकी प्रथम अभिनेत्रीदेखि अहिले चल्तीमा रहेका अभिनेत्री समेटेर राष्ट्रिय नवदुर्गा सम्मान गरिएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा साँस्कृतिक कार्यक्रमसहित गरि यो सम्मान कार्यक्रममा विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिएको हो ।

सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र ‘आमा’की अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल एवं स्वस्तीमा खड्का रहेका छन् ।

विशिष्ट अभिनेत्रीसहित नव अभिनेत्रीसम्म राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनुमा विशिष्टलाई कदर गरिएको र नयाँहरुलाई भने एकै मञ्चमा प्रोत्साहन गरिएको आयोजकले जनाएका छन् । हेरौं यो भिडियोमा :