सीमित विषयमा अन्तरार्ष्ट्रियस्तरको अध्यापन गराउने कलेज, आईएसटी

सीमित विषयमा अन्तरार्ष्ट्रियस्तरको अध्यापन गराउने कलेज, आईएसटी


आईएसटी पछिल्लो समय शिक्षाको क्षेत्रमा सफलताको शिखरमा पुगेको कलेज हो । १८ वर्षअघि सन् २००४ मा स्थापना भएको आईएसटी काठमाडौंको ज्ञानेश्वरमा छ । भौतिक पूर्वाधारले सम्पन्न यो कलेजको पाठ्यक्रम अनुकरणीय छ । 

अष्ट्रियाको साल्जवर्ग युनिभर्सिर्टी अफ एप्लाइड साइन्सेजबाट सम्बन्धन प्राप्तयस कलेजले टुरिज्म एन्ड होटल म्यानेजमेन्ट विधामा स्तरीय शिक्षा दिंदै आएको छ । यसले होटल मेनेजमेन्टतर्फको पढाइका लागि विश्वका विभिन्न विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ । यस कलेजमा होटल मेनेजमेन्टका साथै टुरिजम मेनेजमेन्टको पढाइ हुने गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजहरुसँगको सम्बन्ध र सहकार्यका कारण आईएसटी कलेजबाट प्राप्त हुने सर्टिफिकट अन्तर्राष्ट्रिय बजारमा पनि सहजै स्वीकार्य हुने गरेको छ ।

स्नातकमा एफएचएस डिप्लोमा इन टुरिजम मेनेजमेन्ट र एफएचएस डिप्लोमा इन होटल मेनेजमेन्टको मात्रै अध्यापन गराउने यो कलेजले सीमित विषयको अध्यापनबाट उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको छ ।

 
स्नातक तहसम्मको पढाइ हुने यो कलेजमा अनुभवी र दक्ष प्राध्यापक छन् । स्नातकमा एफएचएस डिप्लोमा इन टुरिजम मेनेजमेन्ट र एफएचएस डिप्लोमा इन होटल मेनेजमेन्टको मात्रै अध्यापन गराउने यो कलेजले सीमित विषयको अध्यापनबाट उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको छ । १८ वर्षे यात्रामा कलेजबाट पासआउट भएका विद्यार्थीहरु बेरोजगार बस्नु परेको छैन । नेपालमा धेरै नै रुचाइएको टुरिजम र होटल मेनेजमेन्टको कोर्स पढ्ने आइएसटीका जोकोही विद्यार्थीले उत्तीर्ण भएपछि बेरोजगार बस्नु परेको छैन । खुला कक्षा कोठा, ल्याब, अडियो भिडियोसहितको हल, सुविधासहितको मोक रुम, रेष्टुरेन्ट र बारका लागि डेमो रुम, अभ्यासका लागि किचेन र बार, पुस्तकालय, हरेकलाई बेग्लाबेग्लै लकर यस कलेजले विद्यार्थीलाई दिने सुविधा हो । 

समय सापेक्ष पाठ्क्रम रहेको यो कलेज युनिभर्सिटी ग्रान्ट्स कमिशन (यूजीसी) बाट क्यूएए मान्यता प्राप्त एक मात्र होटल म्यानेजमेन्ट कलेज पनि हो ।

समय सापेक्ष पाठ्क्रम रहेको यो कलेज युनिभर्सिटी ग्रान्ट्स कमिशन (यूजीसी) बाट क्यूएए मान्यता प्राप्त एक मात्र होटल म्यानेजमेन्ट कलेज पनि हो । आईएसओ प्राप्त यो कलेजमा भर्ना हुन सजिलो छ । कजेलमा अध्ययन गर्ने विद्यार्थीलाई यो कलेजले विभिन्न देशमा इन्टर्नका लागि समन्वय समेत गरिदिँदै आएको छ । जसले उत्तीर्ण हुने बित्तिकै विद्यार्थीहरु आफ्नै व्यवसाय वा जब गर्न सक्षम हुन्छन् । 
 
आइएसटीको अध्यापन शैली, प्राध्यापकहरुको मित्रवत् व्यवहार, कलेजको भौतिक पूर्वाधार, अध्ययन वातावरण, पर्याप्त पुस्तकसहितको पुस्तकालयले पनि विद्यार्थी खुशी देखिन्छन् । 

आफ्ना प्राध्यापकको मेहेनत र विद्यार्थीहरुको लगनशीलतामा गर्व गर्ने यो कलेज अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा व्यवस्थापकीय जिम्मेवारी सहित आफ्ना विद्यार्थीको सफलतालाई देख्दा पुलकित महसुस गर्छ ।

 

 

Logo