एकेडेमिक क्यालेण्डर अनुसार अगाडि बढ्ने कलेज, एनसीसीएस

एकेडेमिक क्यालेण्डर अनुसार अगाडि बढ्ने कलेज, एनसीसीएस


सूचना र प्रविधिको क्षेत्रमा नयाँ आयाम ल्याउने उद्धेश्यले २३ वर्षअघि काठमाडौं क्षेत्रपाटीको पकनाजोलमा खुलेको कलेज हो, नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) । 

‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई सधैं प्राथमिकतामा राखेको यो कलेजले शिक्षणपद्धतिलाई समयानुकूल परिवर्तन गर्दै लगेको छ । एनसीसीएस कक्षा ११ र १२ मा मात्रै नभई स्नातक तहमा पनि अब्बल शैक्षिक संस्था हो । स्नातक तहमा चार वर्षे बीआईएम, बीएचएम, बीएस्सी सीएसआईटी, बीबीए र बीसीएम अध्यापन गराउँदै आएको एनसीसीएसले ‘को–करिकुलर’ गतिविधिलाई प्राथमिकतामा राख्दै आएको छ । 

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले होटल म्यानेजमेन्ट र इन्फर्ममेशन म्यानेजमेन्टका कोर्षमा विशेष ध्यान दिएको छ ।

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले होटल म्यानेजमेन्ट र इन्फर्ममेशन म्यानेजमेन्टका कोर्षमा विशेष ध्यान दिएको छ । ९० प्रतिशतभन्दा माथि सफल नतिजा ल्याउने एनसीसीएसमा स्नातक तर्फ होटल म्यानेजमेन्ट आकर्षणको विषय हो । त्यसका लागि किचेन, बार, रेष्टुरेन्टलगायत पूर्वाधार तयार गरी शिक्षणपद्धतिलाई कलेजले समयानुकूल बनाउँदै लगेको छ । 
 
एनसीसीएस कम्प्युटर टेक्नोलोजी बेस कलेज पनि हो । अन्तर्राष्ट्रिय बजार सुहाउँदो कोर्स डिजाइन गर्दै आएको एनसीसीएसमा मोर्डन टेक्नोलोजी र ट्रेडिसनल लर्निङसँगै कम्प्युटर विषयको पनि पढाइ हुने गरेको छ । 
 
एकेडेमिक क्यालेण्डर अनुसार अगाडि बढ्ने यो कलेजले टिचिङ लर्निङ एण्ड इभ्यालुएसन सिस्टम अन्तर्गत लेसन प्लान बनाएर विद्यार्थीका लागि कक्षा संचालन गर्छ । एनसीसीएसले विभिन्न प्राजेक्टमा सहभागी गराउँदै ब्याचलर्सका विद्यार्थीलाई पढाई नसकिँदै बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने गरेको छ । 

एनसीसीएसबाट पासआउट भएका विद्यार्थीहरु कोही आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने कोही प्रतिष्ठित संघसंस्थामा आवद्ध छन् । 

त्यति मात्र नभएर विद्यार्थी केन्द्रित शिक्षण विधिबाट पढाई हुने भएकाले यो कलेजमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो एकेडेमिक इयरमा सम्पूर्ण कोर्स पूरा गर्न पाउँछन् । होटल म्यानेजमेन्टका विद्यार्थीलाई स्वदेशमा मात्र नभएर चीन, दुबई लगायत देशका विभिन्न ठाउँमा इन्टर्नसिपका लागि यो कलेजले अवसर मिलाइदिने गरेको छ । एनसीसीएसबाट पासआउट भएका विद्यार्थीहरु कोही आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने कोही प्रतिष्ठित संघसंस्थामा आवद्ध छन् । 

अध्यापनमा उत्कृष्ट नतिजा पस्किरहेको यो कलेज प्लस टु सकेर ब्याचलर्समा भर्ना हुन चाहने विद्यार्थीका लागि उपयुक्त गन्तव्य हो ।

अध्यापनमा उत्कृष्ट नतिजा पस्किरहेको यो कलेज प्लस टु सकेर ब्याचलर्समा भर्ना हुन चाहने विद्यार्थीका लागि उपयुक्त गन्तव्य हो । स्थापनाको दुई दशक लामो समय पूरा गर्नुले पनि यो कलेजको सफलता मापन गर्न सकिन्छ । 

 

Logo