नाम चलेका को-को हारे चुनावमा ?

नाम चलेका को-को हारे चुनावमा ?


चुनावी प्रतिस्पर्धामा उत्रिएपछि जित हार स्वभाविक हो । आम निर्वाचन २०७९ को नतिजा पनि आइसकेको छ । नजिता अनुसार जित्ने दाबी गरेर चुनावी मैदानमा होमिएका ठूला दलका पुराना हेभिवेट उम्मेदवारहरुले पनि हार बेहोरेका छन् । को-को छन् त चुनाव हार्ने हेभिवेटहरु ? 

पूर्वप्रधानमन्त्री झलनाथ खनाल 
ईलाम क्षेत्र नं. १ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एकृकीत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पराजित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् । पूर्वप्रधानमन्त्री खनाललेसोही क्षेत्रबाट २०४८ सालदेखि चुनाव जिती एकछत्र आधिपत्य जमाउँदै आएका थिए । तर यसपालिको निर्वाचनमाउनको एकछत्र राजलाई नयाँ उम्मेदवार महेश बस्नेतलेरोेक लगाएका छन् ।

अध्यक्ष उपेन्द्र यादव
सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हार बेहोरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरेका हुन् ।सप्तरी २ बाट १ पटकर सप्तरी ५ बाट २ पटकसम्म चुनाव जिती सांसद भएका यादव यसपाली नयाँ उम्मेदवार सीके राउतसँग पराजित भए । 

अध्यक्ष कमल थापा
मकवानपुर १ मा राष्ट्रियपजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि हार बेहोर्नु परेको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहसँग हारेका हुन् ।पटक पटक उम्मेदवारी दिएपनि अहिलेसम्म निर्वाचन जित्न नसकेकासिंहसँग थापा हारेका हुन् । 

पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडा
मकवानपुर २ मा पूर्वस्वास्थ्य मन्त्री एवं एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा पनि पहिलो पटक संसदीय चुनावमा होमिएका एमालेका उम्मेदवार महेश कुमार वर्तौलासँग हारेका छन् । उनले २०४८, २०५१, २०५६ र २०७४ सालमा सोही क्षेत्रबाट चुनाव जित्दै आए पनि आफुले राजनीति सिकाएको चेलासँग हार बेहोर्नु परेको हो । 

पूवअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे 
यसैगरी चितवन १ बाट उम्मेदवारी दिएका एमालेका पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे केही महिना अगाडि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ उम्मेदवार हरि ढकालसँग पराजित भएका छन् । उनी नेपालका सफल अर्थमन्त्रीको रुपमा समेत चिनिन्छन् । 

बहालवाला राज्यमन्त्री उमेश श्रेष्ठ
चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार बहालवाला राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका हुन् । 

पूर्वसभामुख  ओनसरी घर्ती 
काठमाडौं- २ बाट माओवादी केन्द्रकी उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीपनि पराजित भएकी छन् । चुनाब जित्ने दाबी गरेकी उनी चौंथो स्थानमा सिमित भएकी हुन् । उनी नेपालकै पहिलो सभामुख बन्ने महिलाहुन् । उनले रास्वपाकी उम्मेदवार सोविता गौतमसँग हारेकी हुन् । 

उर्जामन्त्री पम्फा भुसाल 
ललितपुर- ३ बाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले पनि हार बेहोरेकी छन् । चुनाब जित्नेमा ढुक्क रहेकी उनी तेस्रोमा सिमित भइन् । उनी २ पटकसम्म सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । तर अहिले निर्वाचनमा भने रास्वपाकी उम्मेदवार तोसीमा कार्कीले उनको जित यात्रामारोक लगाएकी हुन् । 

महासचिव शंकर पोखरेल
दाङ- २ बाट एमालेका महासचिव शंकर पोखलेर पनि पराजित भएका छन् । उनी माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका हुन् । रेखा शर्मा दूई पटक सम्म समानुपातिकबाट सांसद भएपनि उनको प्रत्यक्षतर्फ यो पहिलो हो । पहिलो पटक प्रत्यक्षतर्फ उठेकी शर्मासँग शंकर पोखलेरले हार बेहोरेका छन् । 

वष्ठि उपाध्यक्ष ईश्वर पोखरेल
काठमाडौं- ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजित भएका छन् । उनी कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका हुन् । पोखरेल यसअघि सोही क्षेत्रबाट बामगठबन्धनको उम्मेदवारको रुपमा विजयी भएका हुन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला
झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यस पटक पनि पराजित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका हुन् । यसअघि पनि सिटौला लिङदेनसँग नै  पराजित भएका थिए । 

केन्द्रीय सदस्य प्रदीप कुमार ज्ञवाली
गुल्मी क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवाली पनि पराजित भएका छन् । उनी नेपाली कांग्रेसका चन्द्रभण्डारीसँग हारेका हुन् । ज्ञवालीले ०७४ सालको निर्वाचनमा भने सोही क्षेत्रबाट जित हात पारेका थिए ।

Logo