युक्रेनी राष्ट्रपति जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति

युक्रेनी राष्ट्रपति जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति


विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्। 

यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले यस वर्ष अभिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ । 

टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो ।

Logo