नामिबियासँग नेपाल पराजित

नामिबियासँग नेपाल पराजित


आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो । 

जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा समेटिएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए । 

नामिबियाका लागि जेजे स्मिथ, टांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले समान २/२ विकेट लिए । रुवेन ट्रमपेलमान, बर्नाड सोल्ज र मिचेल भान लिंगेनले समान एक विकेट लिए ।

त्यसअघि युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको थियो । 

नामिबियाका लागि मिचेल भान लिंगेनले शतक प्रहार गरे । उनले १११ बलमा सर्वाधिक ११९ रन जोडे । त्यस्तै, कप्तान गेर्हार्ड इरामुसले ५३ रनको अर्धशतकिय इंनिङ्स खेले भने जान निकोल लफ्टि इटनले ४० रन जोडे । 

बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिए । साथै सोम्पाल कामी २ विकेट र सागर ढकालको नाममा एक विकेट रह्यो ।

यसअघि नेपाल स्कटल्याण्डसँग पराजित भएकाे थियाे भने नामिवियासँगकाे पहिलाे खेल रद्व हुँदा अंक बाड्नुपरेकाे थियाे । नेपाल २३ खेलमा १८ अंकसहित छैठौं स्थानमा रहेको छ । जितसँगै नामिबिया भने ३० खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Logo