स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

महोत्तरी,

महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट मंगलबार प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो ।

“रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो”, अधिकारीले भन्नुभयो । साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ ।