सभामुख महराका ७ चर्चित काण्ड : टेप काण्डदेखि रेप काण्डसम्म (भिडियो सहित)

काठमाडौं,

संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तीन पटक उपप्रधानमन्त्री र ६ पटक मन्त्री भइसकेका महरा यसअघि नै विभिन्न काण्डमा फसेका नेता हुन् । अहिलेको रेप काण्डले उनको सभामुख पद गुमेको छ भने यसअघिको टेप काण्डले पनि उनलाई निकै विवादित बनाएको थियो ।

महराको सबैभन्दा चर्चित काण्ड ५० करोड रुपैयाँ मागेको अडियो काण्ड हो । २०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग सांसद खरिदका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो एक टेलिभिजनले सार्वजनिक गरेपछि महरा निकै आलोचित बनेका थिए । उक्त अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको बताएका थिए । तर महराले उक्त अडियो आप्mनो नभएको दावी गरेका थिए ।

पछिल्लो पटक सार्वजनिक यो विवादले भने महराको राजनितीक भविष्य समेत अन्योल बनाइदिएको छ । के के थिए त उनका बिगतका विवादित काण्डहरु , हेरौं यो भिडियोमा :