द्वन्द्वकालिन फोटोसहित महरा पुत्रहरुले लेखे- ‘क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ ।’

पूर्व सभामुख कृष्णबहादुर महराका  दुई छोरा निर्मल र राहुलले फेरि क्रान्ति गर्ने चेतावनी दिएका छन्। आफ्नो बुवाको इतिहास समाप्त पार्न विदेशी शक्तिको चलखेल देखिएको भन्दै दुवै जनाले एउटै स्टाटस लेखेर चेतावनी दिएका हुन्।

उनीहरुले लेखेका छन्. ‘बुख्याचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्ता पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ कान्तिकारी बन्न सबक दिएको छ ।’

घटनाबाट पाठ सिकेर अघि बढ्न प्रेरणा मिलेको भन्दै उनीहरुले लेखेका छन्, ‘शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने संदेश दिएको छ, क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ ।’  उनीहरुले फेसबुकमा तत्कालिन माओवादी सशस्त्र द्वद्वको बेलाको फोटो राख्दै यस्तो चेतावनी दिएका हुन्।

उनले असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको थप लेखेका छन्,- ‘आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ ।’

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल र नेपाली दलालहरु पनि देखिएको भन्दै उनीहरुले लेखेका छन्, ‘यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ।’

महरा पुत्र निर्मलले पूर्वसभामुख सुबास नेम्बाङ्प्रति इंगित गर्दै अर्को पोष्ट लेखेका छन्, ‘कति छिटो आँ गरेको बसेको ?’