३०० किमिसम्म रेन्ज दिने वुलिङको विद्युतीय कार ‘एयर इभी’ नेपाली बजारमा

३०० किमिसम्म रेन्ज दिने वुलिङको विद्युतीय कार ‘एयर इभी’ नेपाली बजारमा


इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ । नक्सालमा शोरुम उद्घाटनसंगै कम्पनीले वुलिङ ब्रान्डको कार एयर इभीलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । 

वुलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआइसी अन्तर्गतको हो। यो चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। साथै इन्डोनेशियाली बजारमा पनि निकै लोकप्रिय रहेको छ ।

नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमशः २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ। वुलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ। एयर इभीमा भ्वाइस कमान्डिङ विशेषता पनि रहेको छ। 

Skip This
Logo