समानुपातिकतर्फ सांसद्को टुंगो लगाउन नसकेपछि कांग्रेसको बैठक बालुवाटारमा

समानुपातिकतर्फ सांसद्को टुंगो लगाउन नसकेपछि कांग्रेसको बैठक बालुवाटारमा


नेपाली कांग्रेसलाई समानुपातिकतर्फका सांसद्को नाम टुंगो लगाउन सकस परेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षबिहीन भएको हो । 

बैठकले प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन जिम्मेवारी दिएको छ । कांग्रेसले समानुपातिकतर्फ ३२ सांसद पाएको छ । जसमा निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरिसकेको छ । तर, समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि नाम टुंगो लगाउन सकस परेको हो । 

यसैबीच केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सांसद्को सुचीलाई अन्तिम रूप दिन सभापति देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन्। अब बैठकले नै सांसद चयन गर्ने बताइएकाे छ ।

Logo