बेलायतको आवासीय क्षेत्रमा विस्फोट, १ जनाको मृत्यु

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, १ जनाको मृत्यु


जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ ।

आगो निभाइएको  तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार  घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ। विहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्काे ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ । ’ सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए । ‘

एजेन्सी

 

Logo