कोरोना परीक्षण गर्नुभन्दा क्वारेन्टाइन बनाउन जोड दिनुपर्छ–मेयर शाक्य

कोरोना परीक्षण गर्नुभन्दा क्वारेन्टाइन बनाउन जोड दिनुपर्छ–मेयर शाक्य


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले कोभिड–१९ को परीक्षण बढाउने भन्दा क्वारेन्टाइन व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौं उपत्यकाको नगरपालिका मेयर फोरमको बैठकमा बोल्दै शाक्यले त्यस्तो बताएका हुन् ।

पीसीआर परीक्षणको दर बढाउन भन्दापनि क्वारेन्टाइनको संख्या बढाउन आवस्यक हुने फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यको भनाइ छ । पीसीआर परीक्षणले संक्रमणपछिको अवस्थाको जानकारी मात्र दिने भएकाले संक्रमण नै हुन नदिन व्यवस्थित र मापदण्डअनुसारको क्वारेन्टाइन निर्माण गर्नुपर्ने उनले बताए । १ दिनमा १० हजार पीसीआर परीक्षण गर्दा ठूलो रकम खर्च हुने तर नतिजा ननिस्कने भएकाले पीसीआर परीक्षणभन्दा क्वारेन्टाइनमा राखेर संक्रमणको रोकथाम गर्नुपर्नेमा उनले जोड छ ।

त्यस्तै कन्ट्याक्ट ट्रेसिङ गरी निश्चित ठाउँ सिल गर्नुभन्दा पनि उपत्यका प्रवेश गर्ने नाकाहरुमा सिल गरी आवतजावतमा कडाई गरेमा संक्रमणको जोखिम न्यूनीकरण गर्न सकिने शाक्यको भनाइ छ ।  मेयर शाक्यले बाहिरी जिल्ला र भारतबाट समेत मानिसहरु काठमाडौं आएकाले संक्रमणको जोखिम बढेको बताए । अहिलेसम्म पनि समुदायमा धेरै संक्रमण नदेखिएको तर यसलाई नियन्त्रण गर्न नसके कुनै पनि बेला स्थिति भयावह हुन सक्ने मेयर शाक्यको चेतावनी छ । यो विषयलाई आफूले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा समेत राखेको र सरकारबाट समस्या समाधान हुने अपेक्षा गरेको उनले बताए ।

Logo