विद्यार्थीका लागि आइएसटीको ओरियन्टेसन्

विद्यार्थीका लागि आइएसटीको ओरियन्टेसन्


इन्टरनेशनल स्कुल अफ होटल म्यानेजमेन्ट (आइएसटी)ले अभिमुखीकरणसँगै प्रशिक्षण दिएको छ ।

पछिल्लो समय टुरिजम एण्ड होटल म्यानेजमेन्टतर्फ विद्यार्थीहरुको आकर्षणसँगै भर्ना दर पनि बढ्दै गएको कुरालाई मध्यनजर गर्दै आइएसटीले आइतबार होटल र्याडिएसनमा विद्यार्थी र शिक्षकहरुलाई प्रशिक्षण दिएको हो । 

अस्ट्रियाको साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सबाट सम्बन्धन प्राप्त आइएसटीबाट हालसम्म २ हजार भन्दा बढी विद्यार्थीले स्नातक गरिसकेका छन् । प्रशिक्षणलाई प्रतिनिधित्व गर्दै साल्जवर्ग युनिर्भसिटी अस्ट्रियाका उल्फग्याङ ग्र्याब्ज र्स्याम्प आएका थिए । आइएसटीका प्रमुख कार्यकारी अधिकृत, सीईओनरेन्द्र बज्राचार्यले पर्यटन क्षेत्रमा विद्यार्थीहरुको भविष्य उज्जवल रहेको बताएका छन् ।  

स्थापनाको सोह्रौं वर्ष पूरा गरेको आइएसटीले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै सिमित नभई प्रयोगात्मक शिक्षा पनि प्रदान गर्दै आएको छ । तीन वर्षको टुरिजम एण्ड होटल म्यानेजमेन्टको कोर्ष सञ्चालन गर्दै आएको आइएसटीले प्रयोगात्मक शिक्षाका लागि विद्यार्थीहरुलाई चीन, जापान, कतार लगायतका मुलुकमा १ वर्षको इन्टर्नसिपको लागि पठाउँदै आएको छ । आइएसटीले विद्यार्थीहरुका लागि छिट्टै नै जापानी भाषा पनि सञ्चालन गर्ने तयारी गरिरहेको आइएसटीका प्रिन्सिपल सम्झना बस्न्यातले बताइन् । त्यसैगरी आइएसटी अध्ययन गरेका विद्यार्थी जुनसुकै ठाउँमा गएर काम गर्नं सक्ने पनि उनले बताइन् । 

यसैगरि, विद्यार्थीहरुको पढाइसँगै व्यक्तित्व विकासमा पनि अभिवृद्धि गर्दै आएको आइएसटीका डिरेक्टर तेजबहादुर ढकालले टुरिजम एण्ड होटल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई शुभेच्छा दिएका छन् । आइएसटी टुरिजम एण्ड होटल म्यानेजमेन्टतर्फ उत्कृष्ट व्यवस्थापन भएको स्कुलका रुपमा परिचित छ ।

Logo