काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यससँगै अब काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ गरि कूल १ हजार १८० संक्रमित पुगेका छन् ।

यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज ४ जना थपिएका छन् । जस मध्ये काठमाडौंमा २ जना। पर्सा र बाँकेमा एक, एक जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । आज ३३८ जना थपिएका छन् । आजसम्म सक्रिय संक्रमितको संख्या ६,७३८ छ । आज ८ हजार ४३२ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । आज १४९ जना निको भएका छन् ।

मृत्यु हुनेको संख्या ७९ पुगेको छ । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo