‘द हन्ड्रेड’ को ड्राफ्टमा सन्दीप, पारिश्रमिक करिव डेढ करोड

नेपाली खेलाडी सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन । उनी नेपालबाट सो प्रतियोगिताको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन्।

प्रतियोगिताका लागि सन्दीपको पारिश्रमिक एक लाख पाउण्ड अर्थात एक लाख २४ हजार अमेरीकी डलर तोकिएको छ । यो भनेको नेपाली एक करोड ३९ लाख ८५ हजार रुपैया हो ।

यो प्रतियोगिताको दोस्रो ठूलो ‘बेस प्राइज’ हो । १ लाख २५ हजार पाउण्डमा भने ८ विदेशी खेलाडी रहेका छन् । सन्दिप रहेको समुहमा १७ जना विदेशी खेलाडी छन् । ६७ जना वीदेशी खेलाडी भने बिना मूल्य तोकिए ड्राफ्टमा गएका छन् ।

प्रतियोगितामा ८ टोली रहने छन् भने भने हरेक टोलीमा ३ जना मात्र विदेशी खेलाडी रहन पाउने छन् ।  अर्थात् यस प्रतियोगितामा २४ विदेशी खेलाडीले मात्र अवसर पाउने छन् ।

यो प्रतियोगिता इंग्ल्यान्ड तथा वेल्स क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको हो ।