एनसेलको दशैं अफरः रिचार्जमा डेटा बोनस

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक एक सय रुपैयाँ भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् । एनसेलले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको हो ।

यस अन्तर्गत एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरेको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना असोज १७ बाट १५ दिनका लागि संचालनमा रहनेछ ।

यो योजनामा एक सय रुपैयाँ ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । दुई सय रुपैयाँ रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र तीन सयको रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् ।

त्यसैगरी, पाँच सय रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने एक हजारको रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।

रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।