काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २२ घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २२ घाइते


काभ्रेमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका- ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस  दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये शिर मेमोरियलमा ९ जना, मध्यपुर अस्पतालमा १ जना, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जना र धुलिखेल अस्पतालमा ९ जनाको उपचार भइरहेको बताइएको छ । 

बनेपा नगरपालिका- ११ बाट ब्रतबन्धका लागि गाउँपालिका- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । बसमा कति सवार थिए भन्ने यकिन हुन सकेको छैन । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार जारी राखेका छन् ।

Logo