लुम्बिनीको स्थायी राजधानीमा आज मन्त्रालयको औपचारिक उद्घाटन

लुम्बिनीको स्थायी राजधानीमा आज मन्त्रालयको औपचारिक उद्घाटन


लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ । 

नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले कार्यक्रमको उद्घाटन गर्ने छन् । स्थानीयको सहभागिता जुटाउन देउखुरीबासीलाई आव्हान गर्दै राप्ती गाउँपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ ।

राप्ती उपत्यकाभित्रका राजपुर, गढवा, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट विभिन्न जाति, भाषा, समुदायका मौलिकता झल्काउने झाँकी तथा नृत्य प्रदर्शन पनि गरिनेछ । बुधबारको कार्यक्रमलाई सफल पार्न राप्ती गाउँपालिका कार्यालय मसुरियामा बसेको राजधानी व्यवस्थापन तथा समन्वय मूल समितिको बैठकले विभिन्न निर्णय गरेको छ । 

Logo