जरिवाना मिनाहाको माग गर्दै आयोगमा बालेनकाे निवेदन

जरिवाना मिनाहाको माग गर्दै आयोगमा बालेनकाे निवेदन


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि साहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । उनले फोहर व्यवसस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । 

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जरिवाना मिनाहाका लागि निवेदन आएको भएपनि यस्तो आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय भएको प्रतिक्रिया दिए । 

उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाएका थिए । जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो । त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए । 

बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् । उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । 
 

Logo