पुसमा किन्डर ओलम्पिक हुने

पुसमा किन्डर ओलम्पिक हुने


आगामी पुस महिनामा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।

आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुने भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिनेछ । त्यसमा नर्सरी, युकेजी एलकेजीका साढे २ वर्षदेखि साढे ५ वर्षसम्मका साना खेलाडीहरुले भाग लिने  आयोजक एकताका सदस्य विद्या श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा झन्डै १४ सय साना खेलाडीहरु समावेश हुने जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गर्न लागेको जानकारी दिइन् ।

हजार भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ । प्रतिष्पर्धी विद्यार्थीहरु एउटै खेलथलोमा प्रतिष्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजकको दाबी छ । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ । 

Logo