दशैंको बेला खानपानमा ख्याल गरौं (भिडियो टिप्स)

काठमाडौं । हामी दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण पर्वको संघारमा छौं । यतिबेला दशैंको रौनकले हरेक नेपालीको मन उमंग बनिरहेको छ । नयाँ नयाँ लुगा लगाउने देखि लिएर थरी थरीका खानाका परिकार खान पाउने हुँदा पनि दशैंलाई विशेष महत्व दिइन्छ ।

दशैं धार्मिक हिसाबले मात्र महत्व नभएर पारिवारिक भेटघाट, आपसी मेलमिलाप, सुवेक्षा आदान प्रदान गर्ने तथा आशिर्वाद प्राप्त गर्नुले पनि बढी महत्वपूर्ण छ । यी सबै गतिबिधिसँगै यो चाडसँग खानपानको बिशेष सम्बन्ध जोडिएको हुन्छ ।

घरमा बनाएका स्थानीय परिकारहरु देखि बजारिया खाना, पेय पदार्थ र बिशेषगरि मासुजन्य खानाहरुले गर्दा हामीहरु यो चाडको पर्खाइमा रहेका हुन्छौं । अहिले आएर हेर्दा यो चाड विषेश गरि पारिवारिक जमघट भै विभिन्न मासुजन्य परिकारमा जोड दिईरहेको देखिन्छ।

त्यसैले यो समयमा मानिसहरुले नियमित भन्दा धेरै खाने, चिल्लो तथा बोसोयुक्त परिकारहरु संगै मदिराजन्य पदार्थलाई पनि उपभोग गरिरहेको देखिन्छ।

त्यसैले यो बेला खानेकुरामा सजग हुन सकिएन भने स्वास्थ्यमा शिघ्र तथा दीर्घ असरहरु पर्ने भएकोले निकै सतर्क रहनु जरुरी देखिन्छ । दशैंमा जिब्रोलाई अलिकति पनि नियन्त्रणमा राख्न सक्यौं भने विभिन्न रोग लाग्नबाट जोगिन सकिन्छ । थप हेरौं यो भिडियोमाः