सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सचिव रेग्मी

सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सचिव रेग्मी


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् । 

बिहीवार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् । उनले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताए । उनले सहकारी तथा सरोकारवा निकायहरुले कम्फड जोन नछोडे कम्फड जोनमा बसेर सहकारीहरुको प्रगति नहुने बताए । 

उनले भने- ‘अबको सहकारीको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सरकारले चाहेको जस्तो अर्थतन्त्रमा चलायमान गराउन धेरै चुनौती छन् । सरकारले संस्थागत संरचनाहरु धेरै बनाउँछौं । तर संस्कृतिक र प्रभावकारीता बढाउन जरुरी रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई वटा रोलमा आउनुपर्छ । जसमा हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई देखेर गलत काम गर्ने सहकारीलाई त्रासको वातावरण बनाएर तर्सनुपर्छ । गलत काम गर्ने सहकारीलाई समितिले कारवाही गर्दा बचतकर्ताको रकमलाई समेत सुरक्षित गर्ने अभियानमा लागेका छौं । सरकारले समग्र सहकारीलाई शुसाशन युक्त बनाउनमा सबै सहकार्य आवश्यक छ ।’
 
सचिव रेग्मीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औंल्याए । उनले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रवाधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताए । 

Skip This
Logo