प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. तारादेवी नियुक्त

प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. तारादेवी नियुक्त


प्राइम कमर्सियल बैंकले स्वतन्त्र सञ्चालक पदमा प्रा.डा. तारा चित्रकार (प्रा.डा. तारादेवी चित्रकार) लाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गरेको छ । 

बैंकको बिहीबार बसेको बैंकको ४५५औं संचालक समितिको बैंठकले काठमाडौं निवासी चित्रकारलाई बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।  

नेपाल विद्या भूषण “क” बाट विभूषित, व्यवस्थापन विषय अन्तर्गत उत्पादन मूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी निज प्रा.डा. चित्रकार त्रिभुवन विश्वविद्यालयअन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रहेर बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरेकी थिइन् । उनका विभिन्न शोधमूलक लेख रचनासमेत प्रकाशित छन् ।

साथै आजै बसेको बैंकको संचालक समितिको दोस्रो बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट रु. १,६६,९७,४०,८९१ (प्रति शेयर ८.९५% का दरले) लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । जस मध्ये प्रतिशेयर ४% का दरले बोनस शेयर रप्रति शेयर ४.९५% का दरले नगद लाभांश दिने प्रस्ताव गरिएको छ । प्रस्तावित बोनस शेयर र नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिने बताइएकाे छ । 

Skip This
Logo