‘नयाँ वर्षमा रुसले ठूलो हमला गर्न सक्छ-युक्रेन

‘नयाँ वर्षमा रुसले ठूलो हमला गर्न सक्छ-युक्रेन


रुसले अर्को वर्षको सुरुमा एउटा ठूलो आक्रमणका लागि तयारी गरिरहेको युक्रेनले आरोपले लगाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलगायत शीर्ष युक्रेनी अधिकारीहरूले यो लापरवाही गर्ने समय नभएको बताएका छन् । शीर्ष सैन्य अधिकारीले यो हमला दक्षिणमा पूर्वी डोनबास क्षेत्र वा किभतर्फ हुनसक्ने अनुमान गरेका छन् । तर, पश्चिमी विश्लेषकहरूले रुसको जमिनमा आक्रमण गर्ने क्षमता द्रुत गतिमा घट्दै गएको बताएका छन् ।

बेलायतका शीर्ष सैन्य अधिकारी सर टोनी रुडकिनले यस हप्ता अब यो युद्धमा रूसको लागि स्थिति खराब हुने बताएका छन् । रुस यतिबेला गोला–बारुदको भारी कमीको सामना गरिरहेका कारण स्थिति खराब हुने उनले बताएका छन् ।

यस्तै, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले मिडियासँगको कुराकानीमा रुसले सैन्य अभियानमा लगातार क्षती व्यवहोरेपछि एक नयाँ अभियानको तयारी गरिरहेको बताएका छन् । उनले अक्टोबरमा सेनामा फिर्ता बोलाइएका तीन लाखको तालिम फेब्रुअरीमा सम्पन्न हुने आशंका व्यक्त गरे ।

रेज्निकोभले भने, ‘सैन्य परिचालनको दोस्रो चरणमा करिब डेढ लाख मानिसहरूले युद्धका लागि तयार हुन तीन महिनाको तालिम लिनुपर्ने हुन्छ । यसको अर्थ उनीहरूले गत वर्ष जस्तै फेब्रुअरीमा आक्रमणको योजना बनाउन खोजिरहेका छन् । ’

Logo