चिरीबाबुले किन गरे हाछेथुको खुलेरै प्रशंसा ?

चिरीबाबुले किन गरे हाछेथुको खुलेरै प्रशंसा ?


ललितपुर महानगरपालिका नगर प्रहरी बलले महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ । 

शुक्रबार मंगलबजारस्थित कृष्णमन्दिर परिसरमा मेयर चिरिबाबु महर्जनको उपस्थितिमा फोटो प्रदर्शनी गरिएको हो । उक्त कार्यक्रममा उपमेयर मञ्जली शाक्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल समेत सहभागी थिए ।

कार्यक्रममा मेयर चिरिबाबु महर्जनले स्थानीय पालिकामध्ये सबैभन्दा जेठो पालिका ललितपुर भएको बताएका छन् । उनले ललितपुर महानगर पालिकाले पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुलाई ल्याएकोमा खुशी व्यक्त गर्दै उनी आएपछि धेरै राम्रा कामहरु भएको बताए । 

मेयर महर्जनले ललितपुर महानगरले गरेका कामहरु अब्बल रहेको समेत बताएका छन् । 

यस्तै, पूर्व प्रहरी सीताराम हाछेथुले महानगरले पहिले गरेको काम, अहिले गर्दै गरेको  काम र पछि गर्नुपर्ने कामहरु फोटोमा देखिने बताउँदै अबका दिनमा गर्ने कामहरु अझ राम्रा हुने बताए । फोटो प्रदर्शनीमा ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले गरेका कामहरू पहिले र अहिले गरेर १२३ वटा फोटो राखिएको छ ।

 

Logo